लौरो चिन्ह स्वतन्त्रको होइन : निर्वाचन आयोग

काठमाडौँ – निर्वाचन आयोगले लौरो चुनाव चिन्ह स्वतन्त्र उम्मेदवारको भन्दै प्रचार गर्ने उम्मेदवारहरूलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ।

आफ्नो दलीय आवद्धता नखोली लौरो चुनाव चिन्ह स्वतन्त्रको भन्दै प्रचार गर्ने प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवारहरूलाई आयोगले स्पष्टीकरण सोधेको छ।

Dengue

आयोगले आइतबार काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मधुसुदन पाठक (सिते बा), सिराहा २ का प्रतिनिधि सभा उम्मेदवार शिवशंकर यादव, सिरहा २ प्रदेश सभा क्षेत्र (क) का उम्मेदवार राजलाल यादव र (ख) का उम्मेदवार योगेशकुमार सिंहलाई स्पष्टीकरण सोधेको हो।

यस्तै काठमाडौं २ प्रदेश सभा क्षेत्र (क) का उम्मेदवार राजकुमार तिमिल्सिना, सर्लाही २ का उम्मेदवार वीरवंश बैठा, सुनसरी १ प्रदेश सभा क्षेत्र (क) का उम्मेदवार विजय कालिकोटे, रूपन्देही ३ का प्रख्यात बञ्जाडे र नुवाकोट १ प्रदेश सभा क्षेत्र (ख) का दिपेश ढुंगानालाई आयोगले स्पष्टीकरण सोध्दै १ लाख जरिवाना किन नलिने भन्दै स्पष्टीकरण दिन भनेको छ।

विभिन्न अभियानका नाममा उम्मेदवारी दिएकाहरूले हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह लौरोलाई स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह भन्दै प्रचार गरिरहेको पाइएकोले स्पष्टीकरण सोध्नुपरेको आयोगले जनाएको छ।

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार