अरिङ्गालको टोकाइबाट एकको मृत्यु, दुई जना घाइते

खोटाङ – अरिङ्गालको टोकाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित बानाचुङका २६ वर्षीय विनोद परियारको मृत्यु भएको छ । बाटो हिँडिरहेको अवस्थामा शुक्रबार बाटो नजिकै रहेको गोलाबाट निस्केको अरिङ्गालले टोक्दा परियारको घटनास्थलमै मृत्यु भाएको हो ।

मृतक परियारसँगै हिँड्दै गरेका सोही ठाउँका २५ वर्षीया शर्मिला नेपाली र ७२ वर्षीय नैनसिं दर्जी घाइते भएका छन् । घाइते दुवै जनाको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Dengue

अस्पतालमा उपचाररत दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभयो । मृतकको शव उनका आमा बदम परियारले अन्तिम दाहसंस्कारका लागि बुझिसकेका छन् ।

मृतक परियार फरक क्षमताका थिए । उनको शरीर सामान्य मानिसको भन्दा अस्वभाविक बढी मोटो थियो । शरीर मोटो भएकै कारण भाग्न नसक्दा अरिङ्गालको टोकाइबाट उनको मृत्यु भएको हुनसक्ने स्थानीय बासिन्दा एवं पत्रकार उजुर राईले बताउनुभयो । मृतक परियार मावली घर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ बस्दै आएका थिए । रासस

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार