अविरल वर्षाले अवरुद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा

काठमाडाैं – बडादशैँको दोस्रो दिन देखिको लगातार अविरल वर्षाले अवरुद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ । कैलालीको गोदावरी नगरपालिका–४ मा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।

कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उक्त स्थानमा सुरक्षाकर्मी, स्थानीयवासी र सवारी चालकसमेत भएर उक्त राजमार्ग सञ्चालनमा ल्याइएको थियो । पहाडी सात जिल्ला जोड्ने सो राजमार्ग अहिले सञ्चालनमा आएपछि सवारीसाधन आवतजावत हुन लागेको उनले बताए ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार