दार्चुलामा स्वतन्त्र उम्मेदवार शंकर धामीको पहिलो उम्मेदवारी दर्ता

काठमाडौं – दार्चुलाको प्रदेश सभा ‘क’ बाट पत्रकार शंकरसिँह धामीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

धामीले आइतबार विहान प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । दलीय राजनीतिभन्दा पनि जनताको हकहित र जनताको आवाजका लागि आफ्नो उम्मेदवारी भएको धामीले प्रतिक्रिया दिएका छन् ।

Dengue

लामो समयदेखि पत्रकारितामा आवद्ध धामी २०७० सालदेखि २०७७ सालसम्म नेपाल पत्रकार महासंघ दार्चुला जिल्लाको अध्यक्ष समेत रहेका थिए । दुई कार्यकाल अध्यक्ष सम्हालेका धामी दार्चुला जिल्लामा पत्रकारिता क्षेत्रका अग्रज व्यक्तिको रुपमा चिनिन्छन् । दुईवटा एफएम रेडियो, दुईवटा जिल्ला स्तरीय पत्रपत्रिका सञ्चालन गरेका पत्रकार धामी उपभोक्ता हकहित संरक्षणमा समेत आवद्ध हुनुहुन्छ । पवित्र महाकाली स्वच्छता अभियानका अभियान्ता समेत रहेका धामी लामो समयदेखि पत्रकारिता पेशामा आवद्ध छन् ।

धामी मालिकार्जुन गाउँपालिका स्थायी बासिन्दा हुन् ।

यो पनि 

दार्चुला प्रदेशसभा ‘क’ बाट पत्रकार शंकर धामीको स्वतन्त्र उम्मेदवारी

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार