मकवानपुरमा कमल थापा सूर्य चिह्नबाट चुनाव लड्दै, एमालेमा चरम असन्तुष्टि

मकवानपुर – मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा कमल थापा सूर्य चुनाव चिह्नबाट उम्मेदवार बन्दै हुनुहुन्छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर रानाको टिकट खोसेर थापालाई सूर्य चिह्नबाट उम्मेदवारी दिन सघाउने सहमति भएको हो ।

केन्द्रीय सदस्य रानाको टिकट खोसिएपछि मकवानपुर एमालेमा असन्तुष्टि देखिएको छ । सामाजिक सञ्जालमार्फत नेता तथा कार्यकर्ताहरुले आफ्ना असन्तुष्टि पोखिरहेका छन् । पुराना र निष्ठावान नेताको टिकट खोसिएको भन्दै नेता कार्यकर्ताले असन्तुष्टि जनाएका छन् ।

Dengue

राप्रपा महामन्त्री राजाराम बर्तौलाका अनुसार भेटमा मकवानपुर–१ को प्रतिनिधि सभा सदस्यमा एमालेले कमल थापालाई समर्थन गर्ने सहमति भएको छ । एमालेले यो क्षेत्रबाट जिल्ला इञ्चार्ज समेत रहेका केन्द्रीय सदस्य रामेश्वर रानालाई उम्मेदवार तोकेको थियो ।

एमाले वाग्मती प्रदेश इञ्चार्ज काशीनाथ अधिकारीले थापा सूर्य चिह्न लिएर चुनाव लड्ने निश्चित भएको बताए । एमाले मकवानपुरले थापाको जनमत नभएको भन्दै उनलाई उम्मेदवार बनाउन नहुने भन्दै यसअघि पार्टी अध्यक्ष ओलीकहाँ डेलिगेसन नै गएको थियो । तै पनि अन्तिम समयमा पनि ओलीले थापालाई सूर्य चिह्न दिएर उम्मेदवार बनाउन लाग्नु भएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार