दार्चुला प्रदेशसभा ‘क’ बाट पत्रकार शंकर धामीको स्वतन्त्र उम्मेदवारी

काठमाडाैं – दार्चुलाको प्रदेश सभा ‘क’ बाट पत्रकार शंकरसिँह धामीले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिन लागेको उहाँले बताएका छन् । लामो समयदेखि पत्रकारितामा आवद्ध धामी २०७० सालदेखि २०७७ सालसम्म नेपाल पत्रकार महासंघ दार्चुला जिल्लाको अध्यक्ष समेत रहेका थिए । दुई कार्यकाल अध्यक्ष सम्हालेका धामी दार्चुला जिल्लामा पत्रकारिता क्षेत्रका अग्रज व्यक्तिको रुपमा चिनिनुहुन्छ ।

दुईवटा एफएम रेडियो, दुईवटा जिल्ला स्तरीय पत्रपत्रिका सञ्चालन गरेका पत्रकार धामी उपभोक्ता हकहित संरक्षणमा समेत आवद्ध हुनुहुन्छ । पवित्र महाकाली स्वच्छता अभियानका अभियान्ता समेत रहेका धामी लामो समयदेखि पत्रकारिता पेशामा आवद्ध हुनुहुन्छ ।

Dengue

मालिकार्जुन गाउँपालिका स्थायी घर भएका धामीले भोली हुने मनोनयन दर्तामा आफ्नो उम्मेदवारी दर्ता गर्न लागेको बताएका छन् । उहाँले भोली विहान ११ : ३० बजे उम्मेदवारी दर्ता गर्ने र पर्सि विहान पवित्र महाकाली नदीमा स्नान गरेर राष्ट्रकै सातौँ धामको रुपमा परिचित मालिकार्जुन धाममा गएर रुद्राभिशेक गर्ने कार्यक्रम रहेको बताएका छन् ।

दलीय राजनीतिभन्दा पनि जनताको हकहित र जनताको आवाजका लागि आफ्नो उम्मेदवारी भएको र माटोको टीका र जनताको आर्शिवादमा विश्वस्त रहेको उहाँले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार