दार्चुला प्रदेशसभा‘क’ मा काँग्रेसका धामी र एमालेका जोशीबीच प्रतिस्पर्धा हुने

काठमाडौँ – दार्चुला प्रदेशसभा‘क’ मा नेपाली काँग्रेसका नेता विक्रम धामी र नेकपा एमालेका नेता हरदेव जोशीबीच प्रतिस्पर्धा हुने भएको छ । एउटै निर्वाचन क्षेत्र भएको दार्चुलामा प्रदेशसभा‘क’ मा धामी र जोशीबीच प्रतिस्पर्धा हुने भएको हो । लेकम, मालिकार्जुन, महाकाली, दुँहू र ब्यास गरी जम्मा पाँच वटा पालिका रहेको यो क्षेत्रमा धामीलाई बलियो उम्मेदवारको रुपमा हेरिएको छ । धामी यस अघि प्रतिनिधिसभा सदस्यका उम्मेदवार भइसेकेका छन् । २०७४ सालको आम निर्वाचनमा एमालेका गणेसिंह ठगुन्ना सँग निर्वाचन हारेका धामी यसपटक भने प्रदेशमा चुनाव लड्न लागेका हुन् । २०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट नेपाली काँग्रेसका मदन गिरीलाई पराजित गर्दै एमालेका गेल्बु बोहरा निर्वाचित भएका थिए ।

 

Dengue

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार