सेती अस्पतालमा सुत्केरीको मृ*त्यु, नर्सले लापरवाही गरेको आफन्तको आरोप

धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । बिहीबार बिहान लम्कीचुहा नगरपालिकाकी २६ वर्षीया टिकेश्वरी शाहीको मृत्यु भएको हो ।

मंगलबार अस्पताल ल्याइएकी शाहीको उपचारका क्रममा अस्पतालले गरेको लापरवाहीका कारण ज्यान गएको मृतकका श्रीमान् अशोक शाहीले आरोप लगाएका छन् ।

शाहीका अनुसार टिकेश्वरीलाई मंगलबार व्यथाले च्यापेपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याएइएको थियो । अस्पतालमा चेकजाँच गर्दा नर्मल डेलिभरी गर्न नसकिने बरु चिकित्सकले अप्रेशन गर्नुपर्ने भनेपछि अप्रेशन गरेर डेलिभरी गराएको अशोक शाहीले बताएका छन् । शाहीका अनुसार अप्रेशन सफल पनि भएको थियो । अप्रेशनपछि जन्मिएको बच्चाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको चिकित्सकले बताएका थिए ।

तर अप्रेशनपछि साँझ टिकेश्वरीको श्वासप्रश्वासमा अचानक समस्या देखिएको अशोकले बताए । ‘डाक्टरले अप्रेशन गुर्नपर्छ भनेपछि अप्रेशन भयो, डेलिभरी पनि राम्रै भयो । पछि श्वासप्रश्वासमा समस्या देखिएपछि आईसीयुमा राखिएको हो ।’, उनले भने ।

टिकेश्वरी आईसीयुमा हुँदा पनि अशोकले उनीसँग भेट गरेका थिए । अशोकका अनुसार मंगलबार रातीसम्म पनि उनको अवस्था सामान्य नै थियो । बुधबार बिहानपख पनि टिकेश्वरीको स्वास्थ्य अवस्था चिन्ताजनक नभएको अशोक बताउँछन् । तरउनी घर गएपछि अचानक उनलाई अस्पताल बोलाइएको र श्वासप्रश्वासमा अत्याधिक समस्या देखिएको र थप उपचारका लागि अनुमति चाहिने भन्दै हस्ताक्षर गर्न लगाइएको अशोकले बताए ।

अशोकका अनुसार त्यसको केही समयपछि अस्पतालले टिकेश्वरीलाई मृत घोषणा गरेको हो । केही समयअघिसम्म आफ्नो श्रीमतीको अवस्था सामान्य रहेको तर केहीबेरमै मृत्यु हुनुमा अस्पतालको लापरवाही मुख्य कारण रहेको आरोप अशोकले लगाएका छन् । अझ सिफ्ट चेन्ज भएपछि आएका स्टाफ नर्सले सही तरिकाले बिरामीको हेरचाह नगरेकै कारण श्रीमती गुमाउनु परेको अशोकले बताएका छन् ।

यता अस्पतालकी प्रसुती रोग विशेषज्ञ सृष्टी जोशीले भने टिकेश्वरीको उपचारमा अस्पतालको कुनै लापरवाही नभएको दाबी गरेकी छिन् । अचानक बिरामीको श्वासप्रश्वासमा समस्या आएपछि अस्पतालका सम्पूर्ण विशेषज्ञले हरसम्भव प्रयास गरे पनि बचाउन नसकेको जोशीले प्रतिक्रिया दिएकी छिन् । तर मृतकका आफन्तले भने अस्पताल र त्यसमा पनि स्टाफ नर्सको लापरवाहीकै कारण टिकेश्वरीको मृत्यु भएको आरोप लगाएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

98%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

2%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार