वीरगञ्ज : प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार पर्सा आउँदैछन् ।
सखुवा प्रसौनी गाउँपालिकाको श्रीपुर पचगावा टोलमा राखिएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न उनी पर्सा आउन लागेका हुन्।
सोही कार्यक्रममा विभिन्न पार्टी छाडेर आएकाहरूलाई ओलीले पार्टीमा स्वागत पनि गर्ने कार्यक्रम राखिएको छ ।
एमाले पर्साका अध्यक्ष विश्वमभर शर्माले पार्टी प्रवेश कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
प्रतिक्रिया दनुहोस्