कञ्चनपुर पुगेर प्रचण्डले भन्छन्, ‘माओवादी पहिलो बने भ्रष्टाचारीलाई लखेट्छौं’

धनगढी : नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी भएमात्रै देशबाट भ्रष्टाचारको अन्त्य हुने दाबी गरेका छन्।

शनिबार कञ्चनपुरको पुनर्वासमा माओवादीले आयोजना गरेको खबरदारी तथा पार्टी एकता समायोजनसभालाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचारीहरुले आफू नेतत्वको सरकार ढालेको दाबी गरेका छन्।

SHIKHAR COOL TECH

उनले भने, ‘म तपाईंहरुलाई भन्न चाहन्छु, गिरीबन्धुको फाइल खुल्नेछ। त्यसलाई लुकाउन दिइने छैन। ओम्नीमा भएको भ्रष्टाचार छोडिने छैन। वाइडबडीको भ्रष्टाचार छोडिनेछैन। यो सबैको निम्ति माओवादीलाई पहिलो बनाउनुपर्छ। हेर्नुहोला, अर्को पटक माओवादी बलियो भयो भने सुशासनको नयाँ युग सुरु हुनेछ।

भ्रष्टाचारीलाई लखेट्ने प्रक्रिया सुरु हुनेछ। यो विश्वास तपाईंहरुलाई दिलाउँछु।’ प्रचण्डले केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचारको पक्षमा धेरै काम गरेको जिकिरसमेत गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार