प्रधानमन्त्री ओलीलाई बझाङ एमाले जिल्ला कमिटीका ११ बुँदे माग

भक्तराज जोशी

बझाङ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई ११ बुँदे माग पत्र बुझाइएको छ ।

नेकपा एमाले जिल्ला कमिटी बझाङले शुक्रबार बालुवाटार पुगेर ओलीलाई ११ बुँदे माग गरेको हो । बझाङ जिल्लाको पूर्वाधार विकास तथा जनताको आर्थिक रुपमा जीवनस्तर उकास्नका लागि योजनाहरु छनौट तथा बजेट विनियोजनका लागि ११ बुँदे माग पत्र बुझाएको नेकपा एमाले जिल्ला कमिटी उपसचिव पंकज भण्डारीले बताए ।

SHIKHAR COOL TECH

मागपत्रमा खुटिया–दिपायल–चैनपुर–ताक्लाकोट सडकलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी यथेष्ट बजेट विनियोजन गर्नुपर्ने, भूकम्पबाट क्षति भएका विद्यालयहरुको पुर्ननिमार्णका लागि बजेट विनियोजन तथा निकासा गरिनुपर्ने माग गरिएको छ ।

सेती नदीमा तटबन्धन, खप्तड पर्यटन बिकास, बझाङको सदरमुकाम चैनपुरमा सभाहल निर्माण, प्याराफिट सहितको खेलमैदान निर्माण, जडीबुटी खेती, संरक्षण तथा प्रशोधनका लागि छुट्टै आयोजना बनाउनुपर्ने नेकपा एमाले बझाङले माग गरेको छ । यस्तै कृषि तथा पशुपालन व्यवसाय र साना तथा लघुउद्यमका लागि विशेष आयोजना लागू गर्नुपर्ने मागपत्रमा भनिएको छ ।

त्यसैगरी शिक्षा, स्वास्थ्य तथा पर्यटन विकासका लागि विशेष कार्यक्रम, बझाङ जिल्लाको बीच भागमा बग्ने सेती नदी तथा खोलाहरुमा विद्युत उत्पादनको ठुलो सम्भावना रहेकोले नेपाल सरकार तथा निजी क्षेत्रबाट लगानीकर्ता परिचालन गराउन एमालेले माग गरेको छ ।

मागपत्र बुझ्दै प्रधानमन्त्री ओलीले जिल्ला अधिवेशन सम्पन्न भएकोमा खुसि व्यक्त गर्दै बधाई तथा धन्यवाद व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सो मागहरुप्रति सकारात्मक रहेको भन्दै कार्यान्वयनका लागि प्रतिवदतासमेत जनाएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार