धनगढीमा प्रथम निता स्मृति राष्ट्रिय उसु प्रतियोगिता हुने

धनगढी : कैलालीको धनगढीमा प्रथम निता स्मृति राष्ट्रिय उसु प्रतियोगिता यही पौष १४ देखि १६ गतेसम्म आयोजना हुनेछ। प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक सुदूरपश्चिम प्रदेश उसु संघले जनाएको छ।

संघका कार्यबाहक अध्यक्ष राजीव गुप्ताका अनुसार, प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सातै प्रदेशका १० टिम सहभागी हुनेछन्। कुल १९६ खेलाडीमध्ये १०८ पुरुष र ८८ महिला रहनेछन्।

SHIKHAR COOL TECH

खेलको मुख्य उद्देश्य स्वर्गीय निता खड्का प्रतिको सम्मान र उनको परिवारलाई साथ दिने सन्देश दिनु रहेको छ। प्रतियोगिता सम्पन्न गर्न करिब ४८ लाख २५ हजार ७५० रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले २० लाख रुपैयाँ विनियोजन गरेको छ। बाँकी रकम संघसंस्था सहयोगबाट जुटाइनेछ। प्रतियोगिता धनगढीको कर्मचारी संचय कोषको खुला मैदानमा हुनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार