काठमाडौं : नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजनीतिक नेतृत्व लिन महिलाहरु सक्षम रहेपनि अवसर र विश्वासको खाँचो रहेको टिप्पणी गरेकी छन् ।
हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेतृ शाक्यले यस्तो बताएकी हुन् । उनले अब नेतृत्वको दिमाग परिवर्तन हुनुपर्ने बताईन् । उनले संविधानमा महिला, पुरुष समान भन्ने उल्लेख रहेको, देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेको र तीन तहको सरकार रहेको अवस्थामा नेतृत्व भने पुरानै सोच र संकृतिबाट ग्रसित रहेको बताईन् ।
‘महिलाहरुलाई अवसरको खाँचो छ, विश्वासको खाँचो छ । महिला पुरुष समान छन् भन्ने संविधानमा छ । नेतृत्वको दिमाग परिवर्तन हुन जरुरी छ । संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ, तीन तहको सरकार छ । तर, नेतृत्वमा बस्नेहरु चाहीँ पुरानै संस्कृति र सोचबाट ग्रसित छ । कसरी आउँछ परिवर्तन, कसरी आउँछ महिला नेतृत्वको विकास ? अब हामी अलिकति भन्नुपनि पर्छ । तपाईँहरु पनि लाग्नुपर्यो :- उनले भनिन् ।
अब महिलालाई ‘उप’ मा सीमित गर्न नहुने र उनीहरुलाई कार्यकारी नेतृत्वमा ल्याउनुपर्ने बताईन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अब महिला प्रधानमन्त्री बनाउने घोषणा गर्नु आफैंमा शुभ संकेत रहेको उनको भनाइ छ । उनले भनिन्, यो शुभ संकेत पनि हो ।
प्रतिक्रिया दनुहोस्