पत्रकारिता सरकारलाई खबरदारी गर्न नरोकिने आन्दोलन हो : जनार्दन शर्मा

Call24News

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पत्रकारिताले सरकारलाई सही बाटोमा लैजान खबरदारी गरेको बताएका छन् ।

सोमवार नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पत्रकारिता एक नरोकिने आन्दोलन भएको बताएका हुन् । उनले पत्रकार महासंघले ६५ वर्षको इतिहासमा जनतालाई सुसूचित र अभिव्यक्ति स्वतन्त्रताको बिस्तार लागि महत्वपूर्ण भुमिका खेलेको बताए । उनले पत्रकारिता क्षेत्रले समाज र लोकतन्त्रलाई गति दिएको बताए । पत्रकारिताले समाजको आत्माको रुपमा काम गरेको उनको भनाइ छ ।

धनगढी सूचना

उनले भने ‘६५ वर्षको इतिहासमा पत्रकार महासंघले जनतालाई सुसूचित र अभिव्यक्ति स्वतन्त्रताको बिस्तार मात्र होइन सूचना तथा सञ्चार सम्प्रेषणले स्थान पनि भएको छ । यो महत्वपूर्ण कुरा हो । पत्रकार जगतले समाजमा उत्पन्न भएका विभिन्न घटनाबारे जनतालाई सुसूचित गरेको छ । सरकारलाई सही बाटोमा लाग्नको लागि खबरदारी गरेको छ । यो एउटा नरोकिने निरन्तर आन्दोलन हो जस्तो लाग्छ मलाई ।

लोकतन्त्रको रक्षाका लागि समेत यो एउटा नरोकिने आन्दोलन हो । यो निरन्तर चलिरहन्छ । यहाँहरूले यो आन्दोलनको लागि खेल्नुभएको भूमिकाप्रति आभार पनि दिन चाहन्छु । पत्रकारिताले समाज र लोकतन्त्रलाई गति दिएको छ ।समाजको आत्माको रुपमा काम गरेको छ ।’ उनले सञ्चार क्षेत्रलाई आग्रह र पूर्वाग्रहमा हेर्नु वा आफ्नो स्वार्थमा प्रयोग गर्नु सञ्चार प्रतिको इमानदारिता नभएको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार