जमिनमुनिबाट सुन निकालिदिने भनेर ठगी गर्ने भारतीय नागरिक पक्राउ

Call24News

नेपालगन्ज : जमिनमुनिबाट सुन निकालिदिने भनेर २ करोड रुपैयाँ ठगी गर्ने भारतीय नागरिक पक्राउ परेका छन् । जमिनमुनि धेरै सुन देखिएकोले निकालिदिने भन्दै २ करोड ठगी गर्ने भारतको बलरामपुरस्थित सिंहपुरीका ४२ वर्षीय सदाबुद्दिन हलवाईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ ।

नेपालगन्ज उपमहानगरपालिका-१९ मोहनपुर इँटाभट्टा नजिकैको जमिनबाट सुन निकालिदिन्छु भनेर स्थानीय नसिर अहमद बेहनाबाट पटक–पटक गरी २ करोड रुपैयाँ हलवाईले ठगी गरेको उजुरीको आधारमा पक्राउ गरिएको कार्यालयका प्रवक्ता डिएसपी आयुषप्रसाद जोशीले बताए ।

Seti Hospital

पक्राउ परेका हलवाईबाट एक हजार ४९ वटा पहेँलो सिक्का, तिन वटा माटोको घैँटो, तीन वटा पितलको घैँटो, धातुले बनेको एउटा चेन, धातुले बनेको एउटा गणेशको मूर्ति, विभिन्न आकार प्रकारका ६०० भन्दा बढी पत्थर, तीन वटा धातुले बनेको डिब्बा, ताविजसहितको एक डिब्बा, उर्दू अक्षरमा लेखिएको किताब एउटा, भारतीय नम्बरको युपी ३२ पीपी ६११० नम्बरको कार र नेपाल तथा भारतीय बैङ्कका चेक तथा भौचरहरू बरामद भएको प्रहरीले जनाएको छ । हलवाईलाई ४ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार