१५औ महाधिवेशनमा पनि आफु चुनाव लडेने बताउँदै : डा शेखर कोइराला

Call24News

धनगढी : नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले १५ औ महाधिवेशनमा पनि आफु चुनाव लडेने बताएका छन् । आइतबार नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले सो कुरा बताएका हुन् ।

काइरालाले सभापतिमा चुनाव लडेने र जित्नेमा पनि आफु सतप्रतिशत ढुक्क रहेको बताए । १४ औ महाधिवेशनमा आफु संगै लगेको टिम अहिले पनि दाया बाँया नभएको उनले बताए । महामन्त्री थापा पनि आफु संगै भएको कोइरालाले दावी गरे । नेपाली काँग्रेस महाधिवेशनका लागि जुर्मुराएको छ , पार्टी सभापति शेर बहादुर देउवासँग आफ्नो कुनै दुरी नभएको उनको दाबी छ।

धनगढी सूचना

उनले सभापति सुदूरपश्चिमको मात्र नभइ देशकै आदरणीय ब्यक्ति रहेको बताए । काइरालाले वर्तमान सरकार असफल भए देशमा अराजकता निम्तिने बताएका छन् । नेता डा शेखर कोइरालाले सरकारलाई असफल हुने छुट नभएको बताएका हुन् । जुन म्याण्डेड अनुसार सरकार बनेको हो त्यही अनुसार अघि बढनु पर्ने उनले बताए ।

नेता कोइरालाले सरकारले तत्काल संविधान सुधारका लागि सबै दलसँग समन्वय र समझदारी गरेर अघि बढनु पर्ने बताए । अहिलेसम्म सरकारले संविधान सुधारका बारेमा छलफल नै नगरेको दावी गरे । सरकार बनेको ५ महिना भयो, अब सुधार गर्दै अघि बढनु पर्ने उनले बताए ।

वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको प्रधानमन्त्री स्वयंले नै स्विकारेका ले सरकारले गतिमा सुधार ल्उाएनुपर्ने बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार