धनगढी । धनगढी उपमहानगरपालिकामा अहिले सुर्तिजन्य तथा प्लाष्टिकजन्य पदार्थ बेच्न प्रतिबन्ध गरिएको छ ।
बेलाबेलामा उपमहानगरपालिकाले गर्ने अनुगमनबाट लुकिछिपी सुर्तिजन्य तथा प्लाष्टिकजन्य पदार्थ, गुट्का र चुरोट बेच्नेहरुलाई पनि कारवाही गरिँदै आएको छ ।
तर धनगढी उपमहानगरपालिका भित्रै रहेका सरकारी कार्यालयहरुले भने उपमहानगरपालिकाको सुर्तिजन्य तथा प्लाष्टिकजन्य पदार्थरहित शहर बनाउने नीतिलाई खुलेयाम च्यालेन्ज गरिरहेको देखिन्छ ।
अझ सर्वाधिक भीड हुने मातपोत कार्यालय परिसर त झनै सुर्तिजन्य तथा प्लाष्टिकजन्य पदार्थ सेवन र बिक्रीवितरणको अड्डाजस्तै बनेको छ ।
मातपोत कार्यालय वरिपरीका पसलहरुले प्रतिबन्धका बाबजुत पनि लुकिछिपि सुर्तिजन्य तथा प्लाष्टिकजन्य पदार्थ बेच्ने गरेका छन् ।
मापलोप बाहिरका पसलहरुले सुर्तिजन्य तथा प्लाष्टिकजन्य पदार्थ बेच्ने गर्छन् भने त्यही प्लाष्टिकजन्य पदार्थका खोलहरु मातपोत तथा नापी कार्यालय परिसरभित्र छरपस्ट छन् ।
मालपोत तथा नापी कार्यालय परिसरभित्र छरपस्ट भएका सुर्तिजन्य तथा प्लाष्टिकजन्य पदार्थका खोलहरुले मालपोत परिसर कुरुप मात्र भएको छैन बरु उपमहानगरपालिकाको सुर्तिजन्य तथा प्लाष्टिकजन्य पदार्थरहित नीतिलाई चुनौति दिएको छ ।
अर्कोतर्फ सरकारी कार्यालयभित्र यो हदसम्मको मनपरी र उपमहानगरपालिकाको नीतिलाई नै चुनौति दिनेगरी लापरवाही हुँदा पनि उपमहानगरपालिका भने मौन छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्