काठमाडौं : मन्त्रिपरिषदको बैठक केही बेरदेखि बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बसिरहेको हो ।
जारी बैठकमा मन्त्रालयका नियमित कार्यसूचीमाथि छलफल र निर्णय हुने एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्नेगर्छ ।
हिजो बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको थियो । त्यसपछि आज नियमित बैठक बसिरहेको हो ।
प्रतिक्रिया दिनुहोस्