सुदूरपश्चिममा एमालेको कान्छी सदस्य पदमा सरस्वती निर्वाचित

डोटी : नेकपा एमाले डोटी जिल्ला कमिटी सदस्यमा सरस्वती साउद चयन भएकी छन्। जिल्ला अधिवेशनमार्फत अनेरास्ववियु प्रदेश कमिटी सदस्य समेत रहेकी सरस्वती खुला महिला सदस्य पदमा सर्वसम्मत निर्वाचित भएकी हुन्।

उनी जिल्लाकै कान्छी सदस्य समेत रहेको दाबी गरिएको छ। २५ वर्षीय सरस्वतीको घर डोटीको पूर्वीचौकी गाउँपालिका–७ हो।

उनले समाज शास्त्र र पत्रकारिताबाट स्नातक तह पास गरिसकेकी छन्। साथै उनी हाल अनेरास्ववियू प्रदेश कमिटी सदस्य छन् भने सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउँद (आमा) को स्वकिय सचिवको रुपमा समेत कार्यरत छन्।

गत मंसिर २९ गतेको नवौं जिल्ला अधिवेशनमार्फत अध्यक्षमा मञ्जु मलासी निर्वाचित भएकी थिइन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार