बझाङमा देउसीभैलोको पैसाबाट बाल आश्रमलाई खाद्यान्न सहयोग

Call24News

धनगढी । जनशक्ति परिवर्तनशील युवा क्लवले देउसी भैलो कार्यक्रमबाट संकलन गरिएको रकमबाट बाल आश्रममा सहयोग गरेको छ ।

बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर १ स्थित उक्त क्लबले देउसी भैलो कार्यक्रमबाट संकलन भएको रकमले सोही वडास्थित मदन भण्डारी बाल आश्रमलाई खाद्य सामाग्री सहयोग गरेको क्लबका अध्यक्ष दीपक सार्कीले जानकारी दिएका छन् ।

धनगढी सूचना

अध्यक्ष सार्कीका अनुसार आश्रममा २५ किलो चामल, मिक्स दाल ५ किलो, अढाई लिटर खाने तेल, ५ वटा नुहाउने साबुन, २ वटा तुथपेस्ट र ३ किलो चना सहयोग गरिएको छ ।

उक्त सामाग्रीहरु दुर्गाथली गाउँपालिकाका सदस्य जयबहादुर सार्की र सुधा रावल विष्टमार्फत हस्तान्तरण गरिएको छ ।

खाद्यान्न सहयोग ग्रहण गर्दै आश्रम सञ्चालन गर्दै आएका सत्यराज रावल र सिद्धराज रावलले क्लबलाई विशेष धन्यवाद दिएका छन् । उक्त सहयोगले आश्रम सञ्चालनमा ठूलो सहयोग हुनेमा उनीहरुले विश्वास व्यक्त गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार