सुदूरपश्चिम प्रदेश इन्चार्जमा बझाङका जोशी नियुक्त

Call24News

धनगढी : नेकपा एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेश इन्चार्जमा भानुभक्त जोशी नियुक्त भएका छन्। एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले पार्टी उपाध्यक्षसमेत रहेका जोशीलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो।

महाधिवेशनको ६ महिनापछि एकीकृत समाजवादीले नेताहरूको कार्यविभाजन गरेको हो। अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय पनि गठन गरिएको छ।

Seti Hospital

त्यस्तै उपाध्यक्ष धर्मनाथप्रसाद साहलाई मधेश प्रदेश इन्चार्ज, उपाध्यक्ष गंगालाल तुलाधरलाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको पार्टीले जनाएको छ।

उपमहासचिव राजेन्द्र राईलाई कोशी प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ। उपाध्यक्ष मेटमणि चौधरीलाई लुम्बिनी इन्चार्जको जिम्मेवारी दिइएको छ । पार्टीका सचिव श्रीनाथ बराललाई गण्डकी इन्चार्ज, सचिव चन्द्रबहादुर शाहीलाई कर्णाली इन्चार्जको जिम्मेवारी दिइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार