डडेल्धुराको परशुराम नगरपालिकाका मेयर सम्मेलन गर्दै !

Call24News

डडेल्धुरा : डडेल्धुरामा मेयर सम्मेलन हुने भएको छ। पुस १५ र १६ गते जिल्लाको परशुराम नगरपालिकामा मेयर सम्मेलन हुने भएको हो। 

सम्मेलनमा धनगढी उपमहानगरपालिकाका प्रमुख, सुदूरपश्चिमका सबै नगरपालिका प्रमुख र गाउँपालिकाका अध्यक्षहरूको सहभागिता रहने आयोजक परशुराम नगरपालिकाले जनाएको छ। परशुरामका मेयर भरत बडायर जोशीले स्थानीय तहबिचको समन्वय र सहकार्यमार्फत विकास प्रवद्र्धनका लागि सम्मेलन आयोजना गर्न लागिएको बताए।

Galaxy

सम्मेलनले प्रमुख सरोकारवाला, विषय विज्ञ, स्थानीय, प्रादेशिकलगायत सरकारी निकायका प्रमुख तथा प्रतिनिधिलाई एकै ठाउँमा राखी सुदूरपश्चिमको बृहत् विकासका लागि सहयोग बढाउन, विकासका नवीन आयामबारे विचार आदानप्रदान र दिगो रणनीतिहरू निर्माण गर्न मञ्च प्रदान गर्ने अपेक्षा गरिएको जोशीले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार