देशलाई भ्रष्टाचारमुक्त बनाउने छौँ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई भ्रष्टाचारमुक्त बनाउने बताएका छन् । ललितपुर महानगरपालिकाको १०६औँ स्थापना दिवसमा अवसरमा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचारकै कारण आर्थिक हिसाबले समेत देशको अवस्था नाजुक बनेको बताए ।

उनले भ्रष्टाचार गर्नेको मुख हेरेर नभई अपराध हेरेर कारबाही गर्ने पनि बताए । प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको दाबी गरे । नसक्ने र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको उनको भनाइ छ ।

धनगढी सूचना

ओलीले ‘व्यवस्था बदलिए पनि अवस्था बदलिएन’ भन्ने भ्रम फैलाइएकोप्रति सचेत हुन आग्रह गरे । प्रधानमन्त्री ओलीले मुलुकका व्यवस्था परिवर्तनपछि पूर्वाधार विकास र रोजगारी वृद्धिका साथै थुप्रै ठुला उद्योग सञ्चालनमा आएका बताए ।

उनले मानिसका छोराछोरीलाई सडकमा अलपत्र पार्न नदिने र ०८२ भित्र सडक मानवमुक्त नेपाल बनाउन काम भइरहेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार