अपाङ्‍गता भएका बालबालिकाको शिक्षामा पहुँच


धनगढी : अपाङगता  भएका व्यक्तिहरुको सवालमा गौरिगंगा नगरपालिका सधै काम गर्न प्रतिबद्ध छ । अपाङगता भएका व्यक्तिहरुको सवालमा गौरिगंगा नगरपालिका सधै काम गर्न सधै तयार रहेको नगरपालिकाका नगर प्रमुख देबि दत्त कडेलले बताए । फेल्म नेपालको आर्थिक सहयोगमा परिलछित संस्थाको समन्वयनमा आयोजित परिलछित सस्थाको शैक्षिक सहयोग कार्यक्रम अन्तर्गत सामाजिक परिक्षण कार्यक्रममा बोल्दै गौरिगंगा नगरपालिकाका नगर प्रमुख कडेलले अपाङगता भएका व्यक्तिहरुलाइ शिक्षाको पहुचमा पुर्याउनको लागि गैरसरकारी संघ संस्थाको निकै ठूलो सहयोग गर्दै आएको भन्दै धन्यवाद समेत व्यक्त गर्नुभएको थियो । परिलक्षित सस्थाले विगत लामो समय देखि अपागता भएका व्यक्तीहरुको आर्थिक जिबिकोपार्जन गर्नको लागि विभिन्न शिपमुलक तालिम र व्यवसाय गर्नको लागि आर्थिक सहयोग गर्दै आएको छ ।

अपाङगता भएका विद्यार्थीलाई छात्रावृत्ती प्रदान गरि शिक्षाको पहुँचमा पुर्याउने उदेश्य सहित यस संस्था ले अपाङगता भएका विद्यार्थीहरुलाइ छात्रावृत्ती प्रदान गर्दै आएको छ । कार्यक्रममा बोल्दै गौरिगंगा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत धर्म राज बिनाडिले स्थानीय सरकार र गैरसरकारी संस्था मिलेर काम गर्न सके बधी प्रभावकारि हुने बताए। परिलक्षित संस्थाले शिक्षाको छेत्रमा निकै राम्रो काम गर्दै आएको र सहकार्य अझै राम्रो बनाउनु पर्नेमा जोड दिएको थियो । छात्रावृत्ती कार्यक्रमले अपाङगता भएका बालबालिकालाई पढ्न थप उत्प्रेरणा मिलेको बताए ।

Seti Hospital

कार्यक्रमको उदेश्य बारे बोल्दै परिलक्षित संस्थाका कार्यकारी निर्देशक सुर्य थापाले छात्रावृत्ती कार्यक्रमको प्रभावकारीता कस्तो छ र आगामी दिनमा अझै कसरी यस्लाइ राम्रो बनाउन सकिन्छ भन्ने उदेश्यले कार्यक्रमको गरिएको बताए । परिलक्षित सस्थाको सहयोगमा अहिले गौरिगंगा नगरपालिका गोदवरी नगरपालिका र धनगढी उपमहानगर पालिकाका ४८ जना बालबालिका छात्रावृत्ती पाएर पढिरहेका छन । कार्यक्रममा गोदावरी नगरपालिका,गौरिगंगा नगरपालिका र धनगढीमा उपमहानगर पालिकाका प्रतिनिधि, छात्रावृत्ती पाएर पढिरहेका विद्यार्थी र अर्थिक सहयोग पाएर व्यवसाय गरिरहेका अपागता भएका व्यक्तिहरूको सहभागीता रहेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार