मेल्लेखका प्रमुख प्रशासकीय अधिकृत सापकोटा घुस खुवाउन खोज्दा अख्तियारको फन्टामा

अछाम : मेल्लेख गाँउपालिकाका पुर्व प्रमुख प्रशासकीय अधिकृत धुर्वप्रसाद सापकोटा घुस खुवाउन खोज्दा अख्तियारको फन्दामा परेका छन्। आफूविरुद्ध परेको उजुरी मिलाइदिन अख्तियारलाई एक लाख घुस रकम दिन खोजेपछि सापकोटा पक्राउ परेका हुन्।

अख्तियाका अनुसार मेसिनरी सामान खरिद गर्दा भ्रष्टाचार गरेको भनी उनीविरुद्ध परेको उजुरीमा छानबिन हुँदै थियो। गत मंसिर १० गते परेको उजुरीमा अख्तियारको महेन्द्रनगरस्थित कार्यालयले विस्तृत अनुसन्धान गरिरहेको थियो। आयोगको विज्ञप्ति अनुसार अनुसन्धानको सिलसिलामा स्थलगत मुचुल्का र आरोपीहरूको बयानसमेत सम्पन्न भइसकेको थियो।

Seti Hospital

अख्तियारले त्यस क्रममा उजुरीसँग सम्बन्धित कागजात पेस गर्न कञ्चनपुरस्थित कार्यालयमा सापकोटालाई बोलायो। कागजातसहितको पोको बोकेर उनी सोझै अनुसन्धान अधिकृतको कार्यकक्षमा पुगे। अनुसन्धानमा रहेको विषयसँग सम्बन्धित कागजात बुझाउन आएको भनी उनले अनुसन्धान अधिकृतलाई कागजात सहितको खाम दिए।

हरियो रङको झोलाभित्र रहेको पहेँलो खाममा ३१ थान कागजात थिए। त्यसैमा रहेको अर्को खामभित्र एक हजार दरका नेपाली नोट ९६ वटा र ५०० दरका ८ गरी जम्मा एक लाख रूपैयाँ निस्किए। खाम देखेर अनुसन्धान अधिकृत अचम्भित हुँदै सोधे, के हो यो? ‘मुद्दा मिलाइदिन तपाईंको लागि नै स्वेच्छाले ल्याएको हो,’ सापकोटाले जवाफ दिए।

अख्तियारमै घुस खुवाउन खोजेको देखिएपछि सापकोटा तत्कालै गिरफ्तारीमा परे। उनलाई अख्तियारको कञ्चनपुरस्थित कार्यालयबाट आज (शुक्रबार) नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको केन्द्रीय कार्यालयका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सापकोटा हाल नुवाकोटको किस्पाङ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमा छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार