रानाथारु संग्राहलयमा करोडौँ फस्ने डर, सरकार भन्छ- ‘बजेट छैन’, स्थानीय भन्छन- ‘निकम्मापन’

भक्तराज जोशी

धनगढी । धनगढी उपमहानगरपालिका १३ राजपुरस्थित राना थारु संग्राहलय जीर्ण बन्दै गएको छ । रानाथारु समुदायको कला, संस्कृतिलाई जगेर्ना गर्ने उद्धेश्यले करोडौँ लगानीमा निर्माण गरिएको संग्राहलय प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको हो ।

अहिले संग्राहलय वरिपरीको क्षेत्र घाँसे मैदानमा परिणत भएको छ । पर्खालहरु भत्किन थालेका छन् भने भवनका विभिन्न भाग चिरा पर्नुका रंग पनि खुइलिँदै गएको छ । भवन जीर्ण बन्दै जाँदा पनि प्रयोगमा कसैले चासो नदिएपछि करोडौँको लगानी खेर जाने पक्का देखिएको छ ।

धनगढी सूचना

प्रयोगविहीन तर प्रयोगका लागि यथोचित योजना पर्खिरहेको उक्त संग्राहलयको रेखदेख स्थानीय साबु रानाले गर्दै आएका छन् ।

उनले संग्राहलय सञ्चालनका लागि उचित योजना निर्माण गरेर फोहोर र घाँसले असोभनीय बनेको संग्राहलयको भवन छिट्टै सञ्चालनमा ल्याएर संस्कृति जगेर्ना गर्न पनि माग गरेका छन् ।

अर्का स्थानीय घनश्याम भट्टले विगत तीन वर्ष पहिल्यै निर्माण सकिएर पनि हालसम्म प्रयोगमा नआएको राना थारु संग्राहलयलाई स्वयम् सरकारले प्रयोगविहीन बनाएको आरोप लगाएका छन् । उनले करोडौँको संरचना निर्माण गरिसकेपछि सञ्चालनको नीति पनि बनाउनुपर्नेमा हालसम्म संग्राहलय सञ्चालन नहुनु सरकारको निकम्मापन भएको बताएका छन् ।

‘सरकारले जनताको करबाट लाखौँ रुपैयाँ खर्च गर्छ । तर करोडौँ खर्च गरेर तयार पारिएका संरचना प्रयागविहीन हुन्छन्’, उनले भने, ‘यो सरकारको निकम्मापन हो ।’

अर्कोतर्फ पूर्वमन्त्री, नेकपा एमालेका नेता तथा पोलिटब्युरो सदस्य नारदमुनी रानाले उक्त संग्राहलय रानाथारु समुदायको कला र संस्कृतिसँग मात्रै जोडिएको नभएर समग्र सुदूरपश्चिमको संस्कृतिसँग जोडिएकोले छिट्टै संग्राहलय सञ्चालन गर्नुपर्ने जोड दिएका छन् ।

उनले विशेष उद्धेश्यका साथ राना थारु समुदायको कला र संस्कृतिको संरक्षणका लागि स्थापना गरिएको रानाथारु संग्राहलय सञ्चालन नहुनु दुःखद् भएको भन्दै संग्राहलय सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यता धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले पनि बजेट अभावका कारण संग्राहलय सञ्चालन गर्न नसकिएको स्वीकार्दै संग्राहलय सञ्चालनका लागि पहल गरिरहेको बताएकी छिन् । उनले हाल उक्त संग्राहलय धनगढी उपमहानगरपालिकाको मातहतमा आइसकेकोले अब बजेट विनियोजन गरेर भए पनि संग्राहलय सञ्चालन गर्ने बताएकी छिन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार