पुष्पा २ ले कमायो छ दिनमै हजार करोड भारतीय रुपैयाँ

काठमाडौँ : भारतीय चलचित्र पुष्पा २ ले छ दिनमै हजार करोड भारतीय रुपैयाँ कमाएको छ । 

यो कीर्तिमान रच्ने पुष्पा २ पहिलो भारतीय चलचित्रसमेत बनेको छ । अल्लु अर्जुन र रश्मिका मंदानाको पुष्पा २ द रुलले बक्स अफिसमा तहल्का पिट्दा थुप्रै कीर्तिमान बनेका हुन् । ट्रेड एक्सपर्ट तरण आदर्शनका अनुसार पुष्पा २ ले हिन्दी भाषामा मंगलबारसम्म ३७५ करोड कमाइसकेको छ । 

पुष्पा २ ले ओपनिङ कलेक्सन २९४ करोडको गरेको थियो । भारतीय बक्स अफिसमा १७५.१ करोड थियो । हिन्दी भाषामा मात्रै ७२ करोड कमाएको थियो । यसले एसएस राजामौलीको आरआरआरको कीर्तिमानसमेत तोडेको थियो । 

वल्डवाइड अहिलेसम्म दंगलले २०७० करोड, बाहुबली २ ले १७८८ करोड, आरआरआरले १२३० करोड, जवानले ११६० करोड तथा पठानले १०५५ करोड कमाएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार