सशस्त्रका इन्स्पेक्टर कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै राजीनामा दिएका सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएपछि उनीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

कुँवरको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गर्ने ब्यहोराको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गर्दा उनले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, युपी) अन्तर्गत हाई स्कूल तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको पदमा प्रवेश गरी बढुवा भई ओहदा एवं लाभसमेत प्राप्त गरेको पाइएपछि उनीविरुद्ध आरोपपत्र दायर गरिएको अख्तियारले जानकारी दिएको छ ।

SHIKHAR COOL TECH

प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन माग दाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार