डडेल्धुरा अस्पतालमा हेमोडायलाइसिसको सफल परीक्षण

धनगढी : डडेल्धुरा अस्पतालमा हेमोडायलाइसिसको सफल परीक्षण भएको छ । अमरगढी नगरपालिका-४ का ५४ वर्षीय राजेन्द्रविक्रम भण्डारीमाथि सोमबार सफल डायलाइसिस परीक्षण गरिएको हो ।

डडेल्धुरामा स्वास्थ्य विभागबाट दुई वर्षअघि हेमोडायलाइसिसका ५ वटा उपकरण प्राप्त भएको भएपनि पर्याप्त पूर्वाधार तथा जनशक्ति अभावमा डायलाइसिस सेवा सुरु गर्न नसकिएको डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले बताए ।

धनगढी सूचना

सोमबार डायलाइसिसको सफल परीक्षणपछि अब सेवा नियमित हुने उनले बताए । त्यसका लागि स्वास्थ्य विभागमा सूचीकृत गर्नुपर्ने र सूचीकृत हुन करिब एक हप्ता लाग्ने अनुमान गरिएको अध्यक्ष ओझाले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार