धनगढी : सुदूरपश्चिम प्रदेश पत्रकार महासंघको निर्वाचनमा अध्यक्षको लागि तीन जनाको उम्मेदवारी परेको छ। अध्यक्षको एक पदमा केशव राज जोशी, भरत बहादुर शाह र मीन बहादुर बमको उम्मेदवारी परेको छ।
प्रेस युनियन र प्रेस चौतारीको साझा उम्मेदवरको तर्फबाट शाह साझ उम्मेदवार बनेका हुन् भने बम प्रेस युनियनका बागी उम्मेदवारको तर्फबाट र जोशी प्रेस सेन्टरको तर्फबाट उम्मेदवार बनेका हुन्।
त्यस्तै, एक पदको उपाध्यक्षमा मानबहादुर साउद र राम धामीको उम्मेदवारी छ। एक पदकै महिला उपाध्यक्षमा कालिमैया चौधरी र हेमन्ती डगौरा चौधरी, एक पदको महासचिवमा शिवराज भट्ट र हरि जोशीको उम्मेदवारी परेको छ।
एक पदको सचिवमा धनराज साउद भुवनेश्वर प्रसाद बोहरा, शैलेन्द्र रोकायाको उम्मेदवारी पर्दा एक पदकै सचिव समावेशीमा इन्द्रा कुमारी केसी मुकेश टेर्रा र रमेश परियारको उम्मेदवारी परेको छ।
कोषाध्यक्षमा वरुण पनेरु र हर्कबहादुर विक उम्मेदवार बनेका छन्। ५ सदस्य रहेको सदस्यमा अर्जुन बहादुर सिंह, आशिष बहादुर सिंह, केशव दत्त भट्ट, कृत बहादुर विष्ट, जनार्दन उपाध्याय, दिनेश बहादुर कठायत पदम बहादुर बोहरा, वासुदेव भट्ट रमेश कुमार केसी लिलाजंग शाही र सुभाष कठायत उम्मेदवार छन्।
त्यस्तै ८ सदस्य निर्विरोध भएका छन्। सोमबार नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम समितिको निर्वाचन उम्मेदवारहरूको नामावलीमा तोकिएको उम्मेदवार संख्यामा तोकिएकै संख्यामा उम्मेदवारी परेपछि ८ सदस्य निर्विरोध भएका हुन्।
तीन जना तोकिएको महिला सदस्यमा दुर्गा देवकोटा,भुवनेश्वरी कुमारी शाही र सन्तोषी रावल निर्वाचित भएका हुन्। सदस्य दलितमा प्रदीप मलासी, आदिवासी जनजातिमा छविलाल चौधरी र भीम बहादुर चौधरी निर्विरोध हुँदा सदस्य मधेसीमा सागर कुस्मी र अल्पसङ्ख्यक अपाङ्गतामा नहकुल देवी जिसी निर्विरोध भएका छन्। अझै उम्मेदवारी फिर्ता लिने समय भने बाँकी छ।
नेपाल पत्रकार महासङ्घ केन्द्र, प्रदेश र जिल्लाको एकै दिन २८ गते नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै छ।
प्रतिक्रिया दिनुहोस्