रविमाथिको व्यवहारप्रति प्रवास नेपाली सम्पर्क विभागको घोर आपत्ति

काठमाडौं : अस्ट्रेलियास्थित प्रवास नेपाली सम्पर्क विभागले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको गिरफ्तारी र त्यसपछिको घटनाक्रमलाई लिएर गम्भीर आपत्ति जनाएको छ ।

विभागले जारी गरेको प्रेस विज्ञप्तिमा लामिछानेमाथि राजनीतिक प्रतिशोधका आधारमा चरम मानव अधिकार उल्लंघन गरिएको भन्दै सरकारको कदमको कडा आलोचना गरिएको हो ।

धनगढी सूचना

विज्ञप्तिमा लामिछानेलाई चितवन जिल्ला सरकारी वकिल कार्यालयमा दिनभर राखेर राति ३ बजे पोखरा पुर्‍याइएको घटना र हिरासतमा रहेको बेला उनको निजी डायरी गायब गरिनुले राज्य संयन्त्रको दुरुपयोग स्पष्ट देखिएको उल्लेख गरिएको छ । यस्ता गतिविधिहरूले नागरिकको नैसर्गिक मानव अधिकार हनन गरेको र कानुनी प्रक्रिया तथा लोकतान्त्रिक मान्यताहरूको खिल्ली उडाएको विभागको भनाई छ ।

विभागले यस घटनामा राष्ट्रिय र अन्तर्राष्ट्रिय मानव अधिकारकर्मी तथा संस्थाहरूको ध्यानाकर्षण गराउँदै संविधानको धारा १८, धारा २२, र मुलुकी अपराध संहिताका दफा १६७ का साथै अन्तर्राष्ट्रिय मानव अधिकार महासन्धिहरूको उल्लंघन भएको जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमाथि षड्यन्त्रपूर्ण व्यवहार गरिएको दाबी गर्दै विभागले यस्तो कार्यले नेपालको न्यायिक प्रणाली र लोकतान्त्रिक मूल्यमा आँच आउने चेतावनी दिएको छ । विभागले सबैलाई कानुनी शासन र लोकतान्त्रिक अधिकारको संरक्षणमा सक्रिय रहन अपिल गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार