दार्चुला : दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार जिल्लाको मालिकार्जुन गाउँपालिका–१ भर्तोलाका अन्दाजी ४० वर्षीय देवसिँह बोहराको भिरबाट लडेर मृत्यु भएको हो ।
धामीको भर्तोला बजारबाट घर फर्किने क्रममा काँचुली खोलामा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्