काठमाडौं : कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा एमाले उम्मेदवार मोहमद ताहिर मुसलमान निर्वाचित भएका छन्।
आइतबार भएको स्थानीय तह उपनिर्वाचनमा शुद्धोधन गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा एमाले उम्मेदवार मुसलमान एक हजार १५० मत ल्याएर निर्वाचित भएको निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिनेशकुमार यादवले १ हजार ७६ मत प्राप्त गरे ।
त्यस्तै, जनमत पार्टीका सीताराम पटेल कुर्मीले ४२३ मत ल्याउँदा जसपा नेपालका रामबहादुर कुर्मी चौधरीले ३४१ तथा माओवादीका रफि मोहम्मदले १३८ मत ल्याए । यसअघि यो वडामा नेपाली कांग्रेसले जितेको थियो।
प्रतिक्रिया दिनुहोस्