आज पनि सकिएन रवि लामिछानेको बयान, भोलि पनि जारी रहने !

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सोधपुछ तथा बयान आजका लागि सकिएको छ ।

शुक्रवार देखी काठमाडौं प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बाँकी बयानका लागि आज बिहानै सरकारी वकिलको कार्यालय लगिएको थियो, बयान अझै नसकिएकाले भोलि पनि जारी रहने भएको छ ।

धनगढी सूचना

बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याइएका लामिछानेको बयान नसकिएकाले कम्तीमा सोमवारसम्म काठमाडौंमा नै रहने भएका छन् । बयान सकिएपछि सम्भवतः भोलि पोखरा फर्काइने छ ।

शुक्रवार बिहान देखि सुरु भएको बयान सो दिनको अपराह्ण ३:३० बजे सकिएको थियो । उनले त्यो दिन करिब साढे ६ घण्टा लामो बयान दिएका थिए । आज पनि उनले झन्डै ५ घण्टा लामो बयान दिएका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार