मानव तस्करी रोक्न शान्ति पुनर्स्थापना गृह तत्पर, धनगढी शाखाद्वारा एक वर्षमै ३ सय ९३ जनाको उद्धार

भक्तराज जोशी

धनगढी । मानव तस्करीविरुद्ध अभियान सञ्चालन गर्दै आएको शान्ति पुनर्स्थापना गृहको शाखा कार्यालय धनगढीले एक आर्थिक वर्षमा मानव बेचबिखन तथा ओसारपसारको सिकार भएका ९ हजार ५ सय ८२ जनालाई काउन्सिलिङ गरेको छ । 

वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम आयोजना गर्दै गृहले उक्त विवरण सार्वजनिक गरेको हो । 

धनगढी सूचना

गृहका अनुसार आर्थिक वर्ष २०७९ ८० मा मानव तस्करीको सिकार भएका ३ सय ९३ जनाको उद्धार गरिएको छ । त्यस्तै ३ केसमा कानूनी प्रक्रिया पूरा गरेर मुद्दा दर्ता गरिएको गृहको धनगढी शाखाले जनाएको छ । 

त्यस्तै गत आर्थिक वर्षमा धनगढीमा ६ हजार ९ सय ४३, टिकापुरमा १ हजार ९ सय २९, हसुलियामा ४ सय ८७ र भजनीमा २ सय २३ जनालाई काउन्सिलिङ गरिएको छ । 

यस्तै सोही समयमा धनगढीमा २ सय ९१, टिकापुरमा ८२, हसुलियामा ११ र भजनीमा ९ जनाको उद्धार गरिएको गृहको तथ्यांकमा उल्लेख छ । पछिल्लो समय सीमावर्ती क्षेत्रमा मानव बेचबिखन तथा ओसारपसारका घटना बढिरहेको बेला शान्ति पुनर्स्थापना गृहले सीमानाकामा डेस्क नै संचालन गरेको मानव तस्करीविरुद्धको अभियान चलाएको छ । 

यसरी गृहले सञ्चालन गरेको अभियानबाट थुप्रै नेपाली महिलाहरु मानव बेचबिखनको सिकार हुनबाट जोगिएका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार