सहरी विकासमन्त्री सिंह र मेयर बालेन बीच भेटवार्ता

काठमाडौं : उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबिच भेट वार्ता भएको छ ।

उपप्रधानमन्त्री सिंह र मेयर बालेनबिच केही दिन अघि भेटवार्ता भएको हो । उक्त भेटमा काठमाडौं– ११ का वडाध्यक्ष हिरालाल तण्डुकार पनि सहभागी थिए । वडाध्यक्ष तण्डुकारको समन्वयमा उपप्रधानमन्त्री सिंह र मेयर बालेनबिच भेटवार्ता भएको बताइएको छ ।

धनगढी सूचना

उनीहरूबिच काठमाडौँको फोहोर मैला व्यवस्थापन, सहरी व्यवस्थापन,सौन्दर्यीकरण र सङ्घीय सरकार र काठमाडौं महानगरपालिकाबिच समन्वयको विषयमा छलफल भएको वडाध्यक्ष तण्डुकारले मकालुखबरलाई जानकारी दिए ।

उनले भने ‘केही दिन अघि मन्त्रालयमा मेरो पहलमा मेयर र उपप्रधानमन्त्रीबिच भेटवार्ता भयो । छलफलमा समसामयिक विषयमा छलफल भयो, फोहोर, बाढी र डुवान पीडितलाई राहत, ट्राफिक जाम लगायतका विषयमा छलफल भयो ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार