बाजुराको उपचुनावले सुदूरपश्चिम कमिटी दुई धारमा विभाजित

धनगढी : बाजुराको उपचुनावले गर्दा नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम कमिटी दुई धारमा विभाजित देखिएको छ। जिल्लाको स्वामीकार्तिक गाउँपालिकामा भइरहेको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमले नेकपा (एकीकृत समाजवादी)लाई समर्थन गर्न निर्देशन दिएको छ। जबकी एक धारले एमालेलाई समर्थन गर्ने भन्दै त्यहाँका स्थानीय नेता प्रचारमै खटिएका थिए।

त्यहाँ पनि स्थानीय तहमा सहमति गरेर एमाले र माओवादी पार्टीले तालमेल गरेका थिए। तर यता माओवादी केन्द्र सुदूरपश्चिमका इञ्चार्ज गिरिराजमणि पोखरेलले भने एमालेलाई समर्थन नगर्न भन्दै लिखित रुपमा निर्देशन दिएका छन्। उनले एकीकृत समाजवादीको तर्फबाट उपाध्यक्षकी उम्मेदवार जवा शाहीलाई समर्थन गर्न निर्देशन दिएका हुन्। 

धनगढी सूचना

‘उपनिर्वाचनमा माआृवादी केन्द्रको गाउँपालिका समितिले एमाले उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्दै भोट हाल्न निर्देशन गरेको र माओवादी केन्द्रबाट उम्मेदवारी फिर्ता लिएर राजुकुमारी बिक एमालेको चुनाब प्रचारमा सहभागी भएको सम्बन्धमा यो पार्टीको केन्द्रीय नीति र निर्देशन बिपरीत क्रियाकलाप रहेको छ,’ पोखरेलले भनेका छन्, ‘केन्द्रमा समाजवादी मोर्चालाइ बलियो बनाउने तथा माओवादी केन्द्र र एकिकृत समाजवादीको बिचमा गठबन्धन गरेर जाने भन्ने सहमति भएको छ। त्यसैले एकिकृत समाजवादीकी उम्मेदवार जवा शाहीलाई मतदान गर्न निर्देशन गरिन्छ।’

गाउँपालिका समिति भने उम्मेदवारी फिर्ता लिएकै दिनदेखि एमाले उम्मेदवार सुलोचना भण्डारी बुढाको प्रचारमा जुटेको छ। ०८४ को निर्वाचन लागि भागबन्डा गरेर नेकपा (एमाले)लाई सर्थमन गरेको माओवादीको स्वामीकार्तिक गाउँ कमिटीका अध्यक्ष रन्दिप बुढाले बताए । उनका अनुसार ०८४ को निर्वाचनमा माओवादी केन्द्रलाई उपाध्यक्ष र दुईवटा वडामा अध्यक्ष दिने समझदारी भएको छ। 

स्वामीकार्तिकमा एमाले र समाजवादीबाहेक कांग्रेसबाट पुल्तीसरा शाही पनि उम्मेदवार छिन्। स्वामीकार्तिकमा कांग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको ०८० माघ ४ मा मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार