धनगढी : नेपाल प्रिमियर लिग (एनपिएल )को फ्रेन्चाइज टोली सुदुरपश्चिम रोयल्सको मेडिकल पार्टनरको रुपमा धनगढीको स्थापित अस्पताल माया मेट्रो अस्पताल रहने भएको छ ।
माया मेट्रो र रोयल्सबीच मेडिकल पार्टनरका लागि एक कार्यक्रममाझ सम्झौता भएको हो । सम्झौता पत्रमा रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले हस्ताक्षर गरेका छन । सुदूरपश्चिमको क्रिकेट विकासमा सहयोग गर्दै आएको माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र सावद नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य पनि हुन ।
सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो । एनपिएलको अवधिभर टोलीले म्यारीयट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ । क्यानको आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुनुहुन्छ । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा रहेका छन ।
सुदूरपश्चिम रोयलमा – दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, वसन्त खत्री, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड ) सेफ अलि जेब (इंग्ल्यान्ड) स्कट कुगेलेइन ९न्युजिल्याण्ड०, रोहन मुस्तफा ९यूएई० रहेमा छन् । सुदूरपश्चिम रोयल्सले डिसेम्बर ३ मा विराटनगरसँगै खेल्दै प्रतियोगीताको सुरुवात गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्