आर्थिकसँग जोड्न सके राष्ट्रको समृद्धिमा ठूलो टेवा पुग्ने : मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कृषि क्षेत्रलाई मुलुकको आर्थिकसँग जोड्न सके राष्ट्रको समृद्धिमा ठूलो टेवा पुग्ने बताएका छन्।

कैलालीको जोशीपुर गाउँपालिका–४ मा रहेको वाणी सिँचाइ जल उपभोक्ता संस्थाको प्रथम वार्षिक साधारणसभामा उनले कृषिलाई व्यावसायिक बनाउँदै आर्थिक पाटोसँग जोड्नुपर्ने बताए।

कृषकलाई राज्यले प्रोत्साहन तथा हौसला प्रदान गर्नुपर्छु, मुख्यमन्त्री शाहले भने, यहाँका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सक्यो भने त्यसबाट राष्ट्रको समृद्धिमा ठूलो टेवा पुग्नेछ। राज्यले किसानलाई ब्याज मलखाद, बीउबिजन, बजारीकरणमा उचित उचित अनुदानसहित सहयोग गर्नुपर्ने उनको भनाइ छ।

खोतियोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ प्रदेश सरकारले बजेट खर्च गर्दै आएको बताउँदै मुख्यमन्त्री शाहले खेतीको समयमा सहजरूपमा मल उपलब्ध हुने अवस्था सिर्जजना गरिने बताए। अहिले मलखादको हकमा केही सहजता भएको छु, उनले भने, प्रदेश सरकार पनि कृषि क्षेत्रको विकास र किसानको सहजीकरणमा प्रयत्नशील रहेको छ।

प्रदेश सरकारका पूर्वकृषिमन्त्री कैलाश चौधरीले खेतीको समयमा किसानले बर्सेनि मलको अभाव झेल्नुपरेको बताउँदै त्यसलाई समाधानका लागि सरकार जिम्मेवार भएर काम गर्नुपर्ने बताए। उनले किसानको खेतसम्म सिँचाइ पहुँच पु¥याउन तीनै तहको सरकारको समन्वय आवश्यक रहेको भन्दै दीर्घकालीन सोचका साथ सिँचाइको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार