काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्ने आरोप लगाएपछि पक्राउ परेका प्रसाईंलाई मंगलबार सर्वोच्चमा उपस्थित गराइएको हो ।
सर्वोच्चमा उनका छोरा निराजन प्रसाईंले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
रिटमा सुनुवाइ गर्दै विपक्षीलाई बन्दीसहित उपस्थित हुन भन्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आदेश दिएको थियो । उक्त आदेशअनुसार साइबर ब्यूरोले प्रसाईंलाई अदालतमा उपस्थित गराएको हो ।
सीआईबीले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट गत मंसिर ४ गते पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्