बाजुरामा आगलागीबाट जलेका घरपरिवारलाई नगरपालिकाद्वारा राहत वितरण

बाजुरा : बाजुराको बुढीनन्दामा आगलागीबाट तीन घर जलेपछि नगरपालिकाले राहत वितरण गरेको छ ।

बुढीनन्दा नगरपालिका-४ ताडीका गुलाव बोहरा, भीमलाल बोहरा र हिरामणी बोहराको घरमा आइतबार आगलागी भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आगलागीबाट तीनओटै घर जलेर नष्ट भएका र ४५ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको थियो ।

घर जलेपछि उनीहरु आफन्तकोमा बस्दै आएका छन् । तीनै जनाको परिवारलाई नगरपालिकाले प्रतिपरिवार ३० हजारका दरले राहत वितरण गरेको नगरपालिकाका विपद फोकल पर्सन धर्मराज पाध्यायले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार