कैलारी गाउँपालिकामा १० जना सिकलसेलका बिरामी थपिए !

धनगढी : थारु समुदायमा बंशाणुगत हुने सिकलसेलका बिरामी कैलारी गाउँपालिकामा केहीँ संख्याले बढेका छन् । ९४ जनाबाट १० जना बढेर १ सय ४ जना पुगेका कैलारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेश चौधरीले बताए ।

कैलारी गाँउपालिकामा २०८० को तथ्याङ्क अनुसार ९४ जना नियमित उपचार गराइ रहेका थिए , तर यो चालु बर्ष २०८१ मा बढेर १ सय ४ जना नियमित उपचारमा रहेका स्वास्थ्य शाखा प्रमुख चौधरीले जानकारी दिए । लामखुट्टे प्रभावित क्षेत्रमा देखिने यो एक बंशाणुगत रोग भएता पनि हाल कैलारी गाउँपालिकाको तथ्याङ्कलाई हेर्दा चौधरी , थारु समुदायमा मात्रै रहेको छ ।

सिकल सेलका बिरामीको सेती प्रादेशिक अस्पतालमा निशुल्क उपचार गरिदै आएको र थप गाउँपालिकाबाट उपचार गर्न जाँदा लागेको यातायात खर्च, निशुल्क रगत समेत उपलब्ध गराउदै आएको कैलारी गाउँपालिकाकी उपाअध्यक्ष भगवती कुमारी चौधरीले बताइन् ।

यो सँगै सिकल सेलका बिरामीको १ लाख रकम बराबरको निशुल्क स्वास्थ्य बिमा गरिदै आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार