धनगढी : बैतडीमा चालु आर्थिक बर्षको साउनदेखि हालसम्म ५० जना क्षयरोगका बिरामी भेट्टिएका छन् । जिल्लामा महिला र पुरुष गरि ५० जना क्षयरोगका बिरामी भेटिएका जिल्ला स्वास्थ कार्यालय बैतडीले जनाएको छ ।
क्षयरोग सर्ने र नसर्ने गरि दुई प्रकारको हुन्छ । यो रोग अवसरवादी हुन्छ। शरीर कमजोर भएको अवस्थामा यसले आक्रमण गर्छ। क्षयरोग ‘माइकोबेक्टेरियम ट्युबरक्लोसिस’ नामक किटाणुको संक्रमणबाट लाग्ने सरुवा रोग हो।
यसका यो बाहेक अन्य प्रजातिहरु पनि हुन्छन। बैतडीमा गत आर्थिक वर्षमा दुइ सय जनामा क्षयरोग फेला परेको थियो तर चालु आर्थिक बर्षमा भने क्षयरोगका बिरामी केही बढन सक्ने अनुमान गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका क्षयकुष्ठ सुपरभाइजर जयसिँह बढालले बताए ।
बैतडीमा पन्ध्र देखि चालीस बर्ष उमेरसम्मका व्यक्तिहरुमा बढी क्षयरोग भेटिएको बताइएको छ । जिल्लाका ६८ ठाउँमा क्षयरोग उपचारका लागि डट्स केन्द्र र आठवटा ठाउँमा क्षयरोग निदानका लागि प्रयोगशाला सञ्चालनमा रहेका छन् भने खकार जाँचका लागि सबै पालिकामा कुरियर सेवा समेत सुचारु रहेको क्षयकुष्ठ सुपरभाइजर बढालले बताए ।
प्रतिक्रिया दिनुहोस्