धनगढी : दार्चुलाको अपिहिमाल गाउँपालिकामा हुलाक कार्यालय स्थापना गरिएको छ । सरकारको ‘एक पालिका एक हुलाक’ नीतिअनुसार अपिहिमाल–४, पालिका केन्द्र नजिकै खण्डेश्वरीमा हुलाक कार्यालय स्थापना गरिएको हो ।
पालिकास्तरीय हुलाक कार्यालयमा खरिदारको नेतृत्वमा कर्मचारी परिचालन गरिने जिल्ला हुलाक कार्यालय दार्चुलाका निमित्त हुलाक अधिकृत वीरेन्द्रसिंह धामीले बताए । विगतमा इलाका र अतिरिक्त कार्यालयका रूपमा रहेका हुलाक कार्यालयलाई अब स्थानीय तहमा पालिका हुलाक कार्यालयका रुपमा सञ्चालन गरिन लागिएको हो ।
दार्चुलामा १० इलाका र ३२ अतिरिक्त हुलाक कार्यालय रहेका थिए । जिल्ला हुलाक कार्यालय रहेको महाकाली नगरपालिकामा हुलाक काउन्टर र जिल्लाका ८ पालिकामा हुलाक कार्यालय स्थापना गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्