बाजुराको उपचुनावमा एमाले माओवादी एकैसाथ

धनगढी : बाजुराको उपचुनावमा प्रतिपक्षी दल र सरकारको नेतृत्वमा रहेको दल एकसाथ देखिएका छन्। नेकपा माओवादी केन्द्र र नेकपा एमालेले बाजुरामा तालमेल सहमति गरेको हो।

त्यसपछि जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाको उपनिर्वाचनमा माओवादीको उम्मेदवार बनेकी राजु कुमारी विक एमाले प्रचार प्रसारमा जुटेकी छन्।

SHIKHAR COOL TECH

मंसिर २ गते माओवादी केन्द्रबाट उनले उम्मेदवारी दर्ता गरेकी थिइन्। ५ गते एमालेलाई सघाउने गरी उम्मेदवारी फिर्ता लिएको भोली पल्टैबाट उनी एमाले प्रचार प्रसारमा लागेकी हुन्। ‘एमालेलाई सघाउने गरी उहाँले उम्मेदवारी फिर्ता लिनु भएको हो’, माओवादी प्रदेश सचिव सुरेश विकले भने, ‘एमालेलाई सघाउने निर्णयनै गरिसकेका छौं।’

माओवादी पार्टीबाट उम्मेदवार भएकी राजु विक स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर ३ जुकोटको एमाले चुनावी सभामा पनि देखिएकी थिइन्। उनले एमाले जिताउन पनि आह्वान गरिन्।

जहाँ नेपाली काँग्रेसले पुलतीसरा शाही, नेकपा एमालेले सुलोचना कुमारी भण्डारी बुढा, माओवादी केन्द्रले राजु कुमारी विक र नेकपा एसले जवा शाहीलाई उम्मेदवार बनाएको थियो।

माओवादीले उम्मेदवारी फिर्ता लिएपछि अहिले कांग्रेस एमाले र नेकपा एस भिड्ने भएका छन्। यस अगाडि २०७९ को निर्वाचनमा एमाले काङ्ग्रेसकै प्रतिस्पर्धामा कांग्रेस उम्मेदवार विजयी भएका थिए। अहिले माओवादीले पनि समर्थन गर्दा एमालेको जीत सुनिश्चित भएको एमाले प्रदेश सचिव रणबहादुर चन्दले बताए।

‘हामी पहिले बाटै यहाँ बलियो हौं। यहाँका मतदाताहरुले एमालेलाई निकै रुचाउनु भएको छ। माओवादीले पनि साथ दिएपछि जीत सुनिश्चित भएको छ’ प्रदेश सचिव चन्दले भने।

२०७९ मा उपाध्यक्षमा कांग्रेस मैना जोशीले एक हजार ८१० ल्याएर विजयी हुँदा उनकी प्रतिद्वन्द्वी नेकपा (एमाले)की सुलोचना भण्डारी बुढाले एक हजार ६३७ ल्याएकी थिइन्। चुनावमा ७ हजार ४ सय ६० मतदाताले मतदानमा भाग लिन पाउने छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार