कैलाली केन्द्रद्वारा विश्वकप छनौट क्रिकेट खेलाडी र काबा भलिबल तथा प्रशिक्षकलाई सम्मान

धनगढी : कैलाली जिल्ला खेलकुद समितिले काभा भलिवल प्रतियोगिता र यु–१९ महिला विश्वकप क्रिकेटमा छनोट खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गरेको छ ।

श्रीलकांमा समपन्न काभा भलिवल प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्दै नेपाललाई दोश्रो स्थानमा ल्याउन सफल भएको भन्दै कैलाली जिल्ला खेलकुद समितिले जिल्लाबाट प्रतियोगितामा सहभागी खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको हो । बुधबार एक कार्यक्रमको आयोजना गर्दै काभा भलिवल प्रतियोगितामा सहभागी खेलाडी अशोक राना र प्रशिक्षक लाल बहादुर बटालालाई सम्मान गरिएको हो ।

उनिहरुलाई दोसल्ला ओढाएर जनही नगद ५/५ हजार तथा प्रमाणपत्र सहित सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतीथी सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास राज्यमन्त्री सरस्वती खड्का, कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष ललित खत्री लगायतले खेलाडी तथा प्रशिक्षकहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्र उपलब्ध गराएको हो ।

यस्तै बुधबारनै खेलकुद समितिले यु–१९ महिला विश्वकप क्रिकेट छनोट प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ । कैलाली जिल्लाबाट खेलमा सहभागी स्नेहा महरा, साबित्रि धामी तथा प्रशिक्षक जानकी भट्टलाई खेलकुद समितिले सम्मान गरेको हो । उनिहरुलाई दोसल्ला ओढाएर जनही नगद ५/५ हजार तथा प्रमाणपत्र सहित सम्मान गरिएको हो । कार्यक्रममा खेलकुदलाई सघिंयता अनुसार अगाडी नबढाइएको भन्दै सरकारको आलोचना भएको थियो । कराते महासघं सुदुरपश्चिमका अध्यक्ष त्रिलोक्यनाथ पाण्डेयले स्थानिय तहका क्लव दर्ता गर्न प्रदेश धाउनुपर्ने प्रावधान हटाएर जिल्लामै क्लव दर्ता हुनुपर्ने बताए ।

सघिंयता ल्यायौँ भन्नुहुन्छ तर खेलकुदमा खै सघिंयता उनले भने “क्लव दर्ता गर्न प्रदेश, अनी जिल्लालाई शुन्य बजेट, जिल्लाको समिति पुर्णता छैन, जिल्लाका गतिबिधिमा बजेट छैन एउटा क्लवलाई ५० लाख सम्म बजेट दिइन्छ, अनी कसरी खेलकुदको बिकास हुन्छ, जसो तसो हाम्रा खेलाडीले मेहेनत गरेका कारण हामीले माला लाउन पाएका छौँ त्यसैमा खुशी मनाऔँ, अन्य गतिबिधि शुन्य छन्, त्यस बारे न सरकारको चासो जान्छ न प्रदेश खेलकुद परिषदको ।” बजेट अभावकै बिच खेलाडीको अबिभावक कैलाली जिल्लाका अध्यक्ष ललित खत्रीले सम्झिने प्रयास गरेको भन्दै उनले प्रशसां गरे ।

कार्यक्रममा बोल्दै राज्यमन्त्री सरस्वती खड्काले सरकारले खेलमा लगानी गर्न नसकेको बताइन् । बिगतमा जे भएपनि अब सबै जिल्लाका अधिकार सुनिश्चित गर्ने गरी लाग्ने उनको प्रतिबद्धता थियो । सबै खेल सघं तथा खेलकुद समिति सहित बसेर यसको समाधान निकालिने उनको भनाई थियो । कार्यक्रमको समापन गर्दै जिल्ला खेलकुद समितिका अध्यक्ष ललित खत्रीले जिल्ला खेलकुदका हात खुट्टा बाँधेर राखिएको बताए ।

एका तिर राष्ट्रिय खेलकुद परिषदले कर्मचारी समायोजन गर्दैन, अर्को तर्फ उसको बजेट चलाउन दिदैन, यता प्रदेश सरकारको बजेट शुन्य छ, हामीले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न गर्नपनि स्थानिय तहलाई गुहार्नुपरेको थियो उनले भने “यसरी एउटा अध्यक्ष मात्रै नियुक्ती गरेर खेलको बिकास गर्न सकिदैन, हामीलाई काम गर्ने वातावरण र बजेट दिनुपर्छ अनी मात्रै नतिजा आउँछ ।” कार्यक्रममा खेलकुद समिति कैलालीका कार्यालय प्रमुख आश्रम केसीले स्वागत मन्तब्य राखेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार