जिल्ला समन्वय समिति कैलालीका प्रमुखसहित ६ पदका लागि उपनिर्वाचन हुँदै

धनगढीः मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि उम्मेदवारहरूले मनोनयन दर्ता गराइसकेका छन्। यहाँ जिल्ला समन्वय समिति कैलाली प्रमुखसहित ६ पदका लागि निर्वाचन हुँदैछ।

एमालेले बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि सुलोचना कुमारी भण्डारीलाई अघि सारेको छ। बझाङको सुर्मा गाउँपालिका–४ वडाध्यक्ष पदका लागि लखीचन्द बोहरा, डोटीको पुर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्ष पदका लागि देवबहादुर थापा, दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पदका लागि मानसिंह बडाल र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष पदका लागि एमालेले बहादुर चन्दलाई उम्मेदवार बनाएको हो।

Chhath shuvakamana
Discovery School

नेपाली काँग्रेसले स्वामिकार्तिक गाउँपालिका उपाध्यक्षमा पुल्तीसरा शाहीलाई उम्मेदवार बनाएको छ। सुर्मा गाउँपालिका–४ वडाध्यक्ष पदका लागि वीरेन्द्र पुजारा, पुर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्ष पदका लागि मोहनबहादुर थापा, दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पदका लागि धनबहादुर कुँवर र भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष पदका लागि प्रकाशबहादुर चन्दलाई कांग्रेसले उम्मेदवार बनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार