कैलालीमा सत्ता गठबन्धनबाट टीकाको उम्मेदवारी दर्ता

कैलाली : कैलाली जिल्ला समन्वय समिति प्रमुखका लागि सत्ता गठबन्धनबाट नेपाली काँग्रेसकी टीका चौधरी भुलको उम्मेदवारी दर्ता भएको छ । टीका वर्तमान सत्ता गठबन्धनबाट काँग्रेस र एमालेकी साझा उम्मेदवार हुन् ।

उनको उम्मेदवारीको प्रस्तावक कैलारी गाउँपालिकाका अध्यक्ष रामसमझ चौधरी तथा समर्थकमा धनगढीकी उपप्रमुख कन्दकलाकुमारी राना रहेकी छन् । उनी कैलारी गाउँपालिका-२ की वडा सदस्य हुन् ।

Tihar shuvakamana
Discovery School

कैलालीका समन्वय प्रमुख पदम कलेलको २०७९ पुस २३ मा निधन भएपछि समन्वय प्रमुखको पद रिक्त छ । समन्वय प्रमुखको उप–निर्वाचन मंसिर १६ गते हुँदैछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार