आज रवि लामिछानेको भैरहवामा दोस्रो दिनको लिखित बयान सुरू

रुपन्देही : सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज दोस्रो दिन बयानको लागि जिल्ला सरकारी वकिलको कार्यालयमा रुपन्देही उपस्थित गराइएको छ ।

मंगलबार पोखराबाट ल्याएर साढे १२ बजेदेखि साँझ ६ बजेसम्म उनको मौखिक बयान लिइएको थियो । आज भने लिखित रूपमै प्रश्न राखेर बयान लिइने बताइएको छ । रविको दोस्रो दिनको बयान सुरू भइसकेको छ ।

बुटवलमा सुप्रिम सहकारी ठगी प्रकरणको थप अनुसन्धान तथा बयानका लागि लामिछानेलाई कास्कीबाट हिजो रुपन्देही ल्याइएको थियो । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रूपैयाँ गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको भन्दै लामिछानेविरुद्ध सङ्गठित ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

रविले आफूले सहकारीबाट रकम नलगेको बयान दिएका छन् । प्रहरीले यहाँबाट छिटो बयान सकेर रविलाई पठाउने जनाएको छ । सुप्रिम सहकारी ठगीको मुद्दा इलाका प्रहरी कार्यालय बुटवलले हेरिरहेकाले बयानमा पनि बुटवलकै प्रहरी अधिकृत रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार