दार्चुला–टिङ्कर सडक आयोजनालाई प्राथमिकताका साथ अघि बढाइने : रक्षामन्त्री राई

काठमाडौं : रक्षामन्त्री मानवीर राईले दार्चुला–टिङ्कर सडक आयोजनालाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा मन्त्री राईले नेपाली सेनाले निर्माणको जिम्मा पाएको उक्त आयोजनालाई प्राथमिकताका साथ अघि बढाउन आफूले सेनासँग समन्वय समेत गरिरहेको बताएका हुन् ।

आर्थिक वर्ष ०७७(७८ बाट निर्माण सुरु गरिएको तथा राष्ट्रिय प्राथमिकतामा परेको उक्त सडक परियोजनाको निर्माण सुस्त भएको भएको गुनासो आउने गरेको छ ।

मन्त्री राईले महाकाली करिडोरलाई तराई–मधेश फास्ट ट्र्याकपछिको प्राथमिकतामा राख्नुपर्नेमा सबैको चासो रहेको जिकिर गरे । त्यस्तै उनले तराई(मधेश फास्ट ट्रयाक समेत कार्तिक अन्तिम साता संसदीय समितिसंग निरीक्षण अनुगमनमा जाने जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार